दाङ । तीन महिना अघि उदाएको हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पाटीले तुलसीपुरमा संगठन विस्तार गरेको छ । पाटीले शनिबार तुलसीपुर उपमहागनरपालिका स्तरिय नगर कमिटी चयन गरेको हो । पाटीले मधुकर न्यौपाने सुधाकरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बिष्णु कुमारी केसी र एकराज विक, सचिवमा जीवन चौधरी, सहसचिवमा बल बहादुर खड्का, कोषाध्यक्षमा कमल डाँगी, सहकोषध्यक्षमा मोहन विक चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रकाश बुढा, रिसिता जिसी, राम बहादुर विक, पार्वती चौधरी र गिता कुमारी विष्ट रहनुभएको छ । पाटीका नेता टोप बहादुर महताराको विषेश उपस्थितिमा नगरस्तरिय कमिटी विस्तार गरिएको हो ।














