२०८३ जेष्ठ २१ गते बिहिवार

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्यबाट १७ जना


दाङ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम टुंग्याएको छ । ती नाम आज आइतबार नै निर्वाचन आयोगमा पठाउने निर्णय बैठकले गरेको छ ।

अहिले बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताउनुभयो । झाका अनुसार विधानले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष पठाउने निर्णय गरेको छ ।

पार्टी सचिवालयको निर्णय अनुसार निर्वाचन आयोगलाई सूचीमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाउन लागिएको हो ।

खसआर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेशी ९ जना, दलित ८ जना, थारु ४ जना र मुस्लिम ३ जना रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस