दाङ। दाङ उपत्यकासहित देशका अधिकांश ठाँउमा आज पनि बिहानैदेखि वर्षा शुरु भएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
आज दिनभर देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज रातिदेखि मौसम खुल्ने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ ।
शुक्रबार दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । दाङ, बुटवल, चितवन लगायतका ठाउँमा भने ठूलो हुरीबताससमेत चलेको थियो ।
















