२०८२ चैत्र १२ गते बिहिवार

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने


दाङ । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो ।

संघका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न जिल्लामा संगठन विस्तारलाई पनि तीव्रता दिएको जनाएको छ । महासंघका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत जिल्लामा शाखा विस्तार भइसकेको छ ।

संघले स्थानीय तहदेखि प्रदेश सरकारसम्म मटावाँ तथा बरघरसम्बन्धी ऐन निर्माण गर्न दबाब दिँदैआएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशका करिब पाँचसय मटावाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यस्तै, सम्मेलनमार्फत संगठन सुदृढीकरण, अनुभव आदानप्रदान तथा समुदायका मुद्दामा साझा धारणा निर्माण गर्ने लक्ष्य लिएको संघका केन्द्रीय अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस