दाङ । तुलसीपुरमा श्रीमानबाटै श्रीमतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहागरपालिका वडा नम्बर १९ का २७ वर्षिय कमला वलीको श्रीमानको कुटपिटबाट मृत्यु भएको हो ।
घरयासी विवादमा श्रीमान ३४ वर्षिय गोपाल वलीले बिहिबार साँझ ७ बजेतिर कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावराम बस्नेतले जानकारी दिनुभयो ।
श्रीमतीको मृत्युपछि श्रीमानलाई पक्राउ गरिएको छ । कमलाको शवलाई राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























