२०८२ चैत्र १९ गते बिहिवार

गुरुकुल एकेडेमी तुलसीपुरमा दिक्षान्त समारोह

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले ‘प्रि टु’ तह पूरा गरेका विद्यार्थीको दिक्षान्त समारोह गरेको छ । विद्यालयले बुधबार गरेको दिक्षान्त समारोहमा विद्यार्थी दिक्षित भएका हुन् ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक निलकण्ठ प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

दिक्षान्त समारोहमा विद्यार्थीले गाउन र टोपी लगाउँदा माहोल उत्साहमय बनेको थियो । समारोहमा प्रधानाध्यापक गिरी, प्रमुख अतिथि सापकोटा, प्रिस्कुल संयोजक लक्ष्मी श्रेष्ठले विद्यार्थीलाई प्रमाणपत्र र मायाको चिनो वितरण गर्दै उज्वल भविष्यको कामना गर्नुभयो ।

प्रमुख अतिथि सापकोटाले बालबालिकामा शिक्षासंगै संस्कारको विकास हुनुपर्ने बताउनुभयो । उहाँले गुरुकुल एकेडेमीले संस्कारयुक्त जनशक्ति उत्पादन गरिरहेको भन्दै प्रशंशा गर्नुभयो ।

अभिभावकप्रतिको सम्मानलाई कमी हुन नदिने संस्कारसहितको शिक्षा आवश्यकता रहेको बताउँदै उहाँले गुरुकुलले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

विद्यालयका संयोजक चिन्तना धितालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । कार्यक्रममा विद्यार्थीले गित गाउनुका साथै सन्देशमुलक नाटक र नृत्य प्रस्तुत गरेका छन् ।

कार्यक्रममा दिक्षित हुने विद्यार्थीले आफ्ना अभिभावकलाई माला लगाएर सम्मान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस