२०८३ बैशाख १ गते मङ्गलवार

ग्रेट अरनिकोमा कक्षा १२ का विद्यार्थीको बिदाई :सफलताको शुभकामना


दाङ । दाङको तुलसीपुरमा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीको बिदाइ तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयको शैक्षिक सत्र पूरा गरी परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले विद्यार्थीहरू राष्ट्रका भविष्य भएकाले उच्च शिक्षामा पनि सोही अनुरूपको सफलता प्राप्त गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा प्याप्सन तुलसीपुरका अध्यक्ष डम्वर डाङ्गी, समाजसेवी तथा युवा व्यवसायी सुरेश हमाल र लुम्बिनी प्रदेश खेलकुद विकास समितिका कोषाध्यक्ष मुक्ति न्यौपानेले बजारमा टिक्ने र बिक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका भाइस प्रिन्सिपल कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रिन्सिपल विष्णुप्रसाद देवकोटाले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि महत्वपूर्ण सुझावसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

बिदाइ कार्यक्रममा कलाकार श्रीकृष्ण बम मल्लले विशेष सांगीतिक प्रस्तुति दिनुभएको थियो । मल्लको प्रस्तुतिसँगै विद्यालयका विद्यार्थीहरूले समेत विभिन्न सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई उल्लासमय बनाएका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रोग्राम डाइरेक्टर नारायण भट्टराईले गर्नुभएको हो । कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस