२०८३ बैशाख १ गते मङ्गलवार

काश्यप एड्भटाइजर्सको शाखा तुलसीपुरमा सुरु

दाङ १, वैशाख । दाङको तुलसीपुरमा आज (मङ्गलबार) देखि काश्यप एडभटाइजर्स सञ्चालनमा आएको छ । युरोपका विभिन्न देशहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिने उद्देश्यसहित शाखाको उद्घाटन गरिएको हो ।

यसको मूख्य कार्यालय काठमाडौँको वसुन्धारामा रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश घिमिरेको अध्यक्षतामा तथा तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार खड्काको प्रमुख आतिथ्यता एवम् कोषाध्यक्ष लोकेन्द्र ओलीको विशिष्ट आतिथ्यता रिबन काटेर शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले युरोपका विभिन्न देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई यसअघि काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको स्मरण गराउँदै अब आफ्नै ठाउँमा सेवा उपलब्ध हुँदा समय, खर्च र झन्झट कम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वैदेशिक अध्ययनका लागि शिक्षा क्षेत्रमा गुणस्तरीय परामर्श सेवाको पहुँच विस्तार हुनु सकारात्मक पक्ष भएको बताउँदै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पनि अन्तर्राष्ट्रिय अवसरसँग जोड्न सहयोग पुर्‍याउँने बताउनुभयो ।

त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश घिमिरेले युरोपका इटाली, अष्ट्रिया, जर्जिया, जर्मनी लगायतका देशहरूमा अध्ययन गर्न नेपाली विद्यार्थीहरूको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो ।

उहाँले संस्था स्थापनाको पाँच वर्षसम्म आइपुग्दा ३ सय ५० भन्दा बढी विद्यार्थीलाई युरोपियन मुलुकहरूमा अध्ययनका लागि सहजीकरण गरिसकेको बताउनुभयो । अब तुलसीपुर शाखाबाट पश्चिम दाङसँगै सल्यान, रोल्पा, रुकुम लगायतका जिल्लाका विद्यार्थीहरूलाई अझ सहज सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

घिमिरेले आफू सात वर्ष इटालीमा बसेर उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्किएर शैक्षिक परामर्श क्षेत्रमार्फत युवाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यले संस्था स्थापना गरेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि लोकेन्द्र ओलीले यस्ता संस्थाको विस्तारले स्थानीय स्तरमै अवसर सिर्जना हुनुका साथै युवाहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।

हाल संस्थामा २० जना प्रत्यक्ष रोजगारीमा आबद्ध रहेका छन् । उद्घाटन कार्यक्रमको कार्यक्रमको सहजीकरण संस्थाका प्रवक्ता विवेक शाहले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस