२०८३ बैशाख ९ गते बुधवार

तुलसीपुरमा आजदेखि भर्ना अभियान सुरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूमा आजदेखि विद्यार्थी भर्ना अभियान सुरु हुने भएको छ ।

शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

पालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयले यही निर्णयअनुसार भर्ना अभियान र कक्षा सञ्चालन गर्ने जनाइएको छ । यद्यपि संघीय सरकारले भने वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

तर, स्थानीय तहहरूले उक्त कार्यतालिका कार्यान्वयन गर्दा शैक्षिक कार्यक्रम प्रभावित हुने भन्दै आफ्नै समयतालिका अनुसार अघि बढ्ने निर्णय गरेका हुन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस