२०८३ बैशाख ९ गते बुधवार

गृहमन्त्री गुरुङद्वारा राजीनामा


दाङ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । उहाँले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । सोही दिन गुरुङ गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको थियो ।

उच्च स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस