दाङ । दाङ उपत्यकासहित तराईका जिल्लामा आज पनि तातो हावाको लहर चल्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिममा केही भूभागमा तातो दिन हुनेछ भने अन्य प्रदेशका केही स्थानमा वर्षाको संभावना पनि छ ।
भोलिसम्म धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि पुग्न सक्ने महाशाखाले जनाएको छ ।
गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन तथा बालबालिका, वृद्ध तथा बिरामीलाई विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
दाङमा आज बिहान ५ बजेर ४२ मिनेटमा सुर्योदय भएको छ भने सुर्यास्त बेलुका ६ बजेर ४७ मिनेटमा हुनेछ ॥














