२०८३ जेष्ठ ११ गते सोमवार

आज पनि केहि ठाउँमा वर्षाको संभावना

दाङ ।
दाङ उपत्यकासहित देशका केहि ठाउँमा आज दिउँसो वर्षाको संभावना छ । आज विषेशगरी पश्चिम नेपालको तुलनामा पूर्वी क्षेत्रमा ठुलो वर्षाको संभावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च क्षेत्रमा हिमपातको पनि सम्भावना छ । आज पश्चिमी, स्थानीय वायु तथा पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । यसअघि हिजो दिउँसो र बेलुका पनि हल्कादेखि मध्यमसम्मको वर्षा र कतै कतै हावाहुरी चलेको थियो ।

आज दिउँसो देशका पहाडी र हिमाली भागमा बादल लाग्नेछ । आजराति बागमती प्रदेशका केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । प्रि–मनसुनमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अहिले वर्षा गराउने प्रणाली पूर्वतिर सरेको छ । यो हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने भएकाले पानी पर्ने र रोकिने क्रम कायमै रहने मौसमविद्ले बताएका छन् ।

हुरीबतास, चट्याङ र ठूलो वर्षाबाट हुन सक्ने क्षति घटाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस