२०८३ बैशाख २६ गते शनिवार

सरकारविरोधी प्रदर्शन देशभर चर्किँदै

दाङ । सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार विरोधी प्रदर्शन चर्काएका छन् । संघीय सरकार र स्थानीय सरकारहरूले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मानिसहरूलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेपछि उनीहरूले आ–आफ्नो ठाउँबाट विरोध गर्न थालेका हुन् ।

दाङको घोराही, तुलसीपुर, बबईसहित देशभर सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ठूलो प्रदर्शन गरेका छन् । सरकारले सूचना जारी गर्दै उनीहरूको आवास क्षेत्रमा डोजर लगाउने तयारी गरेपछि ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

संघीय सरकारको पहलमा काठमाडौं उपत्यकाका विभिन्न दर्जनौँ सार्वजनिक ठाउँमा बस्दै आएका हजारौँ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको घर टहरा भत्काइसकिएको छ ।

जसले गर्दा ठूलो संख्याका परिवार घरबारविहीन बन्न पुगेका छन् । साथै, सरकारले स्थानीय तहलाई पनि सोही अनुसारको सूचना जारी गरेपछि केही स्थानीय तहले सोही अनुसारको सूचना जारी गरेका छन् ।

जसका कारण देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शन विस्तार हुँदै गएको देखिएको छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस