२०८३ जेष्ठ ११ गते सोमवार

दुई दिनभित्र एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

दाङ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको हो । बोर्डले अहिले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिकको नजिक आइपुगेको बताउनुभयो । उहाँले पर्सिसम्म नतिजा आउने बताउनुभयो । उहाँले सकेसम्म त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गरिने बताउनुभयो ।

यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भएको हो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका नियन्त्रक अधिकारीले बताउनुभयो । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।

यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस