२०८३ जेष्ठ १० गते आइतवार

दाङसहित देशभर बदली

दाङ, ३० वैशाख । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावका कारण दाङ उपत्यकासहित देशभरकै मौसममा बदली देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । दाङमा आज पनि दिउँसोको समयमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ।

दिउँसोको समयमा दाङका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस