तुलसीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाले प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ ।
अधिवेशन जेठ १० गते आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल, दोघरेमा हुने भएको छ ।
पार्टीले अधिवेशन दिउँसो साढे १२ बजे हुने एक सूचना मार्फत जानकारी गराएको छ । पार्टीले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको छ ।
रास्वपाले जेठ ३ गते तुलसीपुरका १९ वटै वडामा वडा भेला सम्पन्न गरेको थियो ।
















