दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन सुरु भएको छ । आइतबार (जेठ १०) रास्वपाका तुलसीपुर नगर सभापति जीवन भण्डारीको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम गरिएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेताहरूले पार्टीको आन्तरिक संगठन सुदृढीकरण र आगामी स्थानीय नेतृत्व निर्माणमा प्रथम अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा रास्वपाका केन्द्रीय प्रवद्र्धन विभाग उपप्रमुख हरि रिजाल, दाङ जिल्ला सभापति विनय घिमिरे, नेता विमल रिजाल, जिल्ला सचिव असीम भुसाल, जिल्ला उपसभापति अर्जुन केसी र दाङ क्षेत्र नम्बर ३ का सभापति बलिराम खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
नगर उपसभापति निर्मला वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण नगर सचिव कमल बस्नेतले गर्नुभएको हो । उद्घाटन सत्र समापन भएसँगै बन्द सत्र शुरु भएको छ । अधिवेशनले तुलसीपुर उपमहानगरपालिकाका लागि रास्वपाको नयाँ नेतृत्व चयन गर्ने छ ।





















