दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाको आइतबार भएको प्रथम नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । प्रथम अधिवेशनले जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपसभापतिमा निर्मला वली, सचिवमा कमल बस्नेत, सहसचिवमा यज्ञमुर्ति भट्टराई चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा शोभा सुवेदी, राजन भण्डारी, गेनेन्द्र विष्ट, शुसिल खड्का, तोयाराम पाण्डे, निम बहादुर खड्का, मेषराज आचार्य, पेषल खड्का, थम्मन बस्नेत, राधा सार्की र शोभा केसी चयन हुनुभएको छ ।
कोषाध्यक्ष पदमा सदस्यबाट सभापतिले मनोनित गर्ने रास्वपा तुलसीपुरले जनाएको छ ।
















