दाङ । राष्ट्रिय स्वतन्त्र पाटी शान्तिनगर गाउँपालिकाको सभापतिमा पूर्ण भण्डारी चयन हुनुभएको छ । पाटीको शनिबार भएको प्रथम अधिवेशनबाट भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । पाटीको उपसभापतिमा देवकला भण्डारी, सचिवमा कर्णदीप देवकोटा, सहसचिवमा प्रमोद खड्का चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा वीरेन्द्र बस्नेत, लालबहादुर खत्री र ओम प्रकाश डाँगी चयन हुनुभएको छ । पुनु भण्डारीको अध्यक्षता तथा पाटीका उत्पादन प्रवद्र्धन विभागका केन्द्रीय उपप्रमुख हरिप्रसाद रिजालको प्रमुख आतिथ्यता अधिवेशन उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले स्थानीय तहदेखि पाटीलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अधिवेशनले पालिका स्तरमा संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिएको उहाँले बताउनुभयो ।
















