२०८३ जेष्ठ ३० गते शनिवार

आधारभूत विद्यालय रानागाउँका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दाङ । राष्ट्रिय युवा संघ दाङका जिल्ला अध्यक्ष तथा युवा समाजसेवी विवेक योगीले आधारभूत विद्यालय रानागाउँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

बालबालिकाको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ योगीले आफ्नो व्यक्तिगत खर्च कटौती गरी आज ६० जना विद्यार्थीहरूलाई कापी, कलम, झोला लगायत अन्य शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

योगीले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि मेहनत गर्न आग्रह गर्नुभयो ।

उहाँले समाजका सक्षम व्यक्ति तथा विभिन्न संघसंस्थाहरूले पनि शिक्षाको क्षेत्रमा सहयोग गर्नुपर्ने बताउँदै यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय परिवारले युवा समाजसेवी योगीलाई सहयोगका लागि आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र हौसला प्रदान गरेको जनाएको छ ।।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस