दाङ, १३ असार । तुलसीपुरमा संचालित माविस्तरिय हिज्जे प्रतियोगितामा हाम्रो पहुँच सेकेन्डरी स्कुल प्रथम भएको छ ।
प्याब्सन तुलसीपुरले शनिबार आयोजना गरेको प्रतियोगितामा तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुल प्रथम भएको हो । प्रतियोगितामा विद्यालयका सदिक्षा शर्मा र सुयोग वली प्रथम हुनुभएको छ ।
उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाइ शिल्ड र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितमा गोरखा मावि तुलसीपुर द्वितीय, ग्रेट अरनिको मावि तृतिय र लिटिल हेभन सान्त्वना भएका छन् । त्यसैगरी आधारभूत तहको प्रतियोगितामा गोरखा मावि प्रथम, तुलसी मावि द्वितीय, फोर्टीनाइन स्कुल तृतीय, बाल अमृत स्कुल र हंसबाहिनी विद्या सदन सान्तोना भएको आयोजकले जनाएको छ ।
प्याब्सन तुलसीपुर नगरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता तथा तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता एवं प्याब्सन लुम्बिनी प्रदेशका निवर्तमान सदस्य बासुदेव रिजालको विशिष्ठ आतिथ्यतामा प्रतियोगिता संचालन भएको हो ।
प्याव्सन तुलसीपुर नगरका उपाध्यक्ष बिष्णु योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गर्नुभएको छ ।

















