दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा एक गोठ जलेर नष्ट भएको छ । जिबराज पुनको गोठमा आज बिहान ९ बजे बिजुली सर्ट भइ आगलागी हुँदा ५ बाख्रा जलेर घाइते भएका छन् ।
बिहान घरमा कोही नभएको समयमा आगलागी हुँदा मानविय क्षति भने हुन नपाएको मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिनुभयो । आगलागीबाट गोठमा रहेका काठपातसंगै पुरानो घर भत्काएर राखेका दार समेत जलेर नष्ट भएको छ ।
बिहान ९ बजे लागेको आगो स्थानीयको सक्रियतामा दिउँसो साढे १ बजे नियन्त्रणमा आएको हो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।



















