दाङ । दाङसहित देशका केहि ठाउँमा आज पनि वर्षाको संभावना रहेको छ । गएराति जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै आज राति पनि तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।



















