२०८३ साउन ६ गते बुधवार

मोटरेबल पुल बनेपछि प्रयोगविहीन बन्यो झोलुङ्गे पुल


दाङ । दाङको राजपुर गाउँपालिका र लमही नगरपालिकालाई जोड्ने जङ्ग्रहवा–जहरे झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेको छ । मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो ।

राप्ती नदी पार गर्न कुनै समय स्थानीयका लागि मुख्य आधार बनेको झोलुङ्गे पुलबाट अहिले आवतजावत लगभग बन्द भएको स्थानीयले बताएका छन् । चार बर्ष अघि ३५ करोड रुपैयाँ लागतमा २८० मिटर लामो मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुलको प्रयोग घटेको हो ।

स्थानीय रमेश बुढाले अहिले प्रयोगविहीन रहेको झोलुङ्गे पुललाई अन्यत्र पुल नभएको स्थानमा स्थानान्तरण गर्न सके डुङ्गामा निर्भर नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

उहाका अनुसार राप्ती नदीका धेरै स्थानमा अझै पनि पुलको अभावका कारण स्थानीयले जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने अवस्था छ । उक्त पुल हुँदै हुलाकी राजमार्ग तथा भारतसँग जोडिएका विभिन्न नाकासम्म पुग्न सकिने स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस