२०८३ साउन ६ गते बुधवार

सल्यानमा अवैध भरुवा बन्दुक बरामद फेला


दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छ नाल अवैध भरुवा बन्दुक फेला परेको छ ।

सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।

ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्‌’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा छ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस