दाङ । काठमाण्डौबाट दाङका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटनामा परेको छ । चितवनको इच्छाकामना–६ जलविरेमा दुई वटा बस र एउटा ट्रक ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन् ।
गएराति १० बजेदेखि बन्द यो सडक आज बिहान ६ बजेदेखि खुलेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सडक खुलेपछि गाडी चल्न थालेका र त्यही क्रममा गाडी ठोक्किएका हुन् । दुर्घटना लगत्तै बन्द सडक सवा ८ बजेतिर खुलेको हो ।
काठमाण्डौबाट दाङका लागि छुटेको लुम्बिनी प्रदेश ०३–००१ ख०५०५ नम्बरको बस र सर्लाहीबाट काठमाण्डौका लागि छुटेका मधेश प्रदेश ०३–००२ ख ७३२ नम्बरको बस र ७३२ नम्बरको बस पछाडि रहेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ ।



























