दाङ । दाङमा लुकाइ छिपाइ राखेको अवस्थामा ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ। बङगलाचुली गाउँपालिका–८ पिपली जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बरामद गरिएका बन्दुकहरूमध्ये १ नाल बेचालु र १० नाल चालु र (लोड नगरिएको) रहेका छन् ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । प्रहरीले बरामद गरिएका सबै बन्दुकबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


















