२०८३ भाद्र ३१ गते बुधवार

तुलसीपुरमा पानीको ट्यांकीमा शब फेला परेका दुई जनाको पहिचान खुल्यो


दाङ । दाङको तुलसीपु–६ रजौरामा निर्माणाधिन घरको ट्याङ्कीमा शब भेटिएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर–९ दोघरमा बस्दै आएका कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कमल ठेकेदार हुन्, भने घनश्याम मिस्त्री हुन् । उनीहरु दुबै जनाले घर ठेक्का लिएर काम गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरु दुबैजना दाजु–भाइका छोराहरु हुन् ।

उनीहरु पानी ट्याङ्कीको सेटिङ निकाल्न गएको बेलामा निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । त्यहाँ भर्‍याङ नहालेरै गएकाले निक्लिन समस्या भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

स्थानीयले उनीहरु पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि बुधबार विहान प्रहरीलाई खबर गरेका थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस