२०८३ साउन ८ गते शुक्रवार

दाङमा सार्वजनिक विदाका दिनमा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह हुने

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाका दिनमा समेत राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ । सेवाग्राहीको अत्यधिक चापलाई ध्यानमा राख्दै कार्यालयले आगामी साउन ९ र १० गतेदेखि शनिवार र आइतवार पनि सेवा दिने जनाएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचयपत्र दर्ता, विवरण संशोधन तथा परिचयपत्र कार्ड वितरणका लागि सेवाग्राहीको भीड बढेको छ ।

सेवाग्राहीलाई सहज र छिटो–छरितो सेवा प्रदान गर्ने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक विदाका दिनमा पनि सेवा सञ्चालन गर्न लागिएको कार्यालयका प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीले बतानभयो ।

जारी सूचना अनुसार शनिवार र आइतवार सार्वजनिक विदाका दिनहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस