२०८३ साउन ११ गते सोमवार

सगरमाथा टोल विकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन


दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित सगरमाथा टोल विकास संस्थाको ४३ औँ साधारण सभा तथा २२ औँ अधिवेशन भएको छ । टोल विकास संस्थाका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा वडा नं. ६ का कार्यवाहक अध्यक्ष यमराज केसीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

संस्थाकी उपाध्यक्ष सीता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि यमराज केसी, वरिष्ठ सल्लाहकार ईश्वरी भण्डारी, समाजसेवी तथा बुद्धिजीवी रामबहादुर जि.सी. र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज लामिछानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रमको सहजीकरण सचिव बसन्तबहादुर केसीले गर्नुभएको हो ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा रामबहादुर खड्का चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा रूपा भुसाल, सचिवमा प्रतीक्षा शर्मा, कोषाध्यक्षमा डिल्ली बुढाथोकी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा टेकलाल भुसाल, पुष्पा भुसाल, तुलसा जि.सी. र नमप्रसाद भुसाल चयन हुनुभएको छ ।

नयाँ कार्यसमिति निर्वाचनका लागि ईश्वरी भण्डारीको संयोजकत्वमा दुर्गाप्रसाद न्यौपाने र महेन्द्र भण्डारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। उक्त निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस