२०८३ भाद्र ८ गते सोमवार

आज यि स्थानमा वर्षाको संभावना


दाङ ।
दाङ उपत्यकासहित देशभर आज साधारणतया बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस