२०८३ भाद्र ११ गते बिहिवार

बाढी अपडेट : दाङका २२ जना सम्पर्कबिहिन


दाङ। रसुवा तथा नुवाकोटमा बुधबार गएको भीषण बाढी तथा पहिरोका कारण दाङबाट कामको सिलसिलामा गएका २२ जना सम्पर्कबिहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार दाङबाट गएका ३ महिलासहित २२ जना सम्पर्कबिहिन भएका हुन् ।

प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवामा कार्यरत तुलसीपुर निवासी कोपिला केसी र खम्बु बोहोरा सम्पर्कबिहिन रहनुभएको छ ।

यस्तै मैलुङ हाइड्रो पावर, रसुवामा कार्यरत तुलसीपुर निवासी शिव शङ्कर जोशी, टिमुरे हाइड्रो पावर, रसुवा कार्यरत सल्यान घर भई हाल तुलसीपुर –९ बस्ने प्रमिला बुढाथोकी, फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोटमा कार्यरत तुलसीपुर निवासी शोभाराम योगी पनि सम्पर्कबिहिन रहनुभएको छ ।

यस्तै फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोटमा कार्यरत तुलसीपुर–१३ दमारगाउँ निवासी गोपीलाल रोका, लाल बहादुर रोका र नारायण अधिकारी पनि सम्पर्कबिहिन रहनुभएको छ । गोपीलाल र लाल बहादुर बावुछोरा हुनुहुन्छ ।

यस्तै रोल्पा घर भई तुलसीपुर–६ बस्ने ठेक्कापट्टा तथा कामको सिलसिलामा रसुवा/नुवाकोट गएका ध्रुव बहादुर बुढामगर, तुलसीपुर–१९ दोघरे निवासी ४६ वर्षिय पूर्ण बहादुर बस्नेत, प्युठान घर भई घोराही–१५ भरतपुर बस्ने सुर्य बहादुर केसी, तुलसीपुर–१८ दुधरास निवासी गोपाल परियार, विकास परियार, सुदन गिरी, तुलसीपुर निवासी सिमा चौधरी पनि सम्पर्कबिहिन हुनुभएको छ ।

यस्तै तुलसीपुर–१२ निवासी बजारु चौधरी, तिलक चौधरी, रामकुमार चौधरी, दङ्गीशरण–६, निवासी प्रेम बिक, राजपुर गाउँपालिका–१, कठबेरवा निवासी गोपाल चौधरी, बुद्धिराम चौधरी र रोल्पा घर भई दाङ बस्ने, त्रिशूली हाइड्रोपावर रसुवामा कार्यरत राजेन्द्र महत पनि सम्पर्कबिहिन हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस