२०८३ भाद्र ११ गते बिहिवार

बाढी प्रभावितलाई रास्वपा नेता रिजालको आर्थिक सहयोग

दाङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद रिजालले आर्थिक सहयोग गर्नुभएको छ ।

राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष समेत रहेका नेता रिजालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ रकम सहयोग गर्नुभएको हो ।

बुधबार बिहान आएको बाढीमा परेर प्रभावित पीडितप्रति सहानुभूति प्रकट गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गर्नुभएको छ ।

‘मानवताको लागि एकजुट बनौँ, हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो राहत र नयाँ आशा दिन सक्छ ।’ नेता रिजालले भन्नुभएको छ । रसुवागढी तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीले पुर्‍याएको ठूलो क्षतिपछि सरकार तथा विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्थाहरू उद्धार, राहत तथा पुनस्थापना कार्यमा जुटेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस