दाङ । तुलसीपुर–७ स्थित दिव्य कुञ्ज एकेडेमीले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख बढी सहयोग गरेको छ ।
सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यालयले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम जम्मा गरेको हो ।
बाढीपीडितको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयका शिक्षक, विद्यार्थी तथा गैरशिक्षण कर्मचारीहरूको सामूहिक सहभागितामा रकम संकलन गरिएको विद्यालयले जनाएको छ ।
विपद्को समयमा मानवीय सहयोग आवश्यक हुने भन्दै विद्यालयले आफ्नो तर्फबाट सानो भए पनि राहत अभियानमा योगदान गरेको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीले आफू र आफ्नो समूह तथा विद्यालयले बाढी प्रभावितलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको बताउनुभयो । सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोगको आह्वान गर्दै आएको छ ।






















