२०८३ भाद्र २१ गते आइतवार

बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार

दाङ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरेर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाँदै छ ।

यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस