२०८३ असोज २० गते मङ्गलवार

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने


दाङ । यस वर्षको दशैँमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ । राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो ।

आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन नोट साट्न सकिनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस