२०८३ कार्तिक ५ गते बिहिवार

अवैध रूपमा काटिएको सिमलको काठ बरामद


दाङ । दाङमा प्रहरीले अवैध रूपमा काटिएको सिमलको काठ बरामद गरेको छ । राप्ति गाउँपालिका–४ मौरीघाटबाट अवैध रूपमा काटिएको सिमलको काठ प्रहरीले बरामद गरेको हो ।

आज आएतबार बिहान साढे ६ बजेतिर मौरियाटस्थित सिमल जातको रुख काटेर छाडेको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।

इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चौकी मसुरियाबाट खटिएको प्रहरी टोलीले रुख काटेर विभिन्न साइजका १३ वटा गोलिया बनाई छाडेको अवस्थामा काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद गरिएको काठको परिमाण ७९ दशमलव ६८ क्युफिट रहेको छ । उक्त काठको अनुमानित मूल्य करिब एक लाख रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि राप्ति सब वन डिभिजन कार्यालय मसुरियामा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस