२०८३ कार्तिक ५ गते बिहिवार

रोल्पामा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, एक गम्भीर घाइते


रोल्पा । रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन् ।

आइतबार बिहान करिब १० बजेतिर घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको नम्बर नखुलेको अटो अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटी निवासी ३२ वर्षीया खुमा कुमारी भण्डारी र सोही वडाको जवाङ निवासी ५४ वर्षीया गौसरा घर्तीमगर गम्भिर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि घर्तीगाउँस्थित स्मृति अस्पताल पुर्‍याइएकोमा बिहान साढे ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्की घाइते घर्तीमगरको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो । अटोमा चालकसहित तीन जना सवार रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस