२०८३ कार्तिक ११ गते बुधवार

अस्थायी प्रहरी चौकी पर्सेनीमा नवमी पूजा, हतियारको पूजा गरी मनाइयो पर्व


दाङ। तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीस्थित अस्थायी प्रहरी चौकीमा महानवमीको अवसरमा विशेष पूजाआराधना गरिएको छ।

नवमीका दिन प्रहरी चौकीमा नवदुर्गा भगवतीको पूजा आराधना गर्नुका साथै हतियारको समेत पूजा गरिएको हो।
प्रहरी चौकीका इन्चार्ज देविलाल अधिकारीका अनुसार हरेक वर्ष दशैं सुरु भएपछि महानवमीका दिन पारेर चौकीमा पूजाआराधना गर्ने गरिएको छ।


कार्यक्रममा तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले यस्ता कार्यक्रमले मौलिक संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। महानवमीको अवसरमा स्थानीय कोटमा बलिसमेत दिइएको थियो।


वडाध्यक्ष जिसी र ज्ञानज्योति फाउन्डेसनका संस्थापक टीकाबहादुर जिसीको व्यक्तिगत सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा सुन्दर खानेपानी संस्थाका अध्यक्ष चेतबहादुर जिसी, समाजसेवी ईश्वरी पौडेल, भेगप्रसाद भण्डारी, ज्येष्ठ नागरिक, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो।


पूजाआराधनापछि भजनकीर्तन तथा नाचगान गरी महानवमी पर्व मनाइएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस