दाङ । बबई गाउँपालिका–हापुरे बजारमा आगलागीबाट क्षति भएका दुई पसलका सञ्चालकलाई राप्ती परोपकार संघ, नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
हिजो राति करिब ८:३० बजेतिर हापुरे बजारमा अवस्थित सारिका शृङ्गार एन्ड गिफ्ट पसलमा आगलागी हुँदा सँगै जोडिएको ओम गंगा किसान पसलमा समेत क्षति पुगेको थियो। आगलागीबाट प्रभावित दुवै पसलका सञ्चालकलाई राहत पुर्याउने उद्देश्यले राप्ती परोपकार संघ, नेपालको आयोजनामा संस्थाका विभिन्न सदस्य तथा अन्य सामाजिक व्यक्तिहरूबाट आर्थिक रकम संकलन गरी हस्तान्तरण गरिएको हो।
संस्थाका पदाधिकारी, सदस्य तथा सामाजिक व्यक्तिहरूको सक्रियतामा संकलन गरिएको कुल ७२ हजार रुपैयाँ मध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसललाई ५१ हजार रुपैयाँ र ओम गंगा किसान पसललाई २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
आर्थिक सहयोग गर्ने दाताहरू :
१. सुरेश हमाल — संरक्षक, राप्ती परोपकार संघ, नेपाल : रु. ११,०००
२. सञ्जय कुमार पराजुली — अध्यक्ष, राप्ती परोपकार संघ, नेपाल : रु. ५,१००
३. गोरखबहादुर ओली — उपाध्यक्ष, राप्ती परोपकार संघ, नेपाल : रु. ५,१०५
४. क्षेत्रबहादुर भण्डारी — कोषाध्यक्ष, राप्ती परोपकार संघ, नेपाल : रु. ५,१००
५. राघव देवकोटा — सचिव, राप्ती परोपकार संघ, नेपाल : रु. २,५००
६. सन्तोष चौधरी — रु. ५,०००
७. जितेन्द्र ओली — रु. ५,१००
८. ओहित सिद्दिकी — रु. १०,०००
९. प्रमोद सोनी — रु. ५,१००
१०. गणेश भण्डारी — रु. २,५०५
११. पुर्न चौधरी — रु. २,५०५
१२. कमल डाँगी — रु. ५,०००
१३. वीरेन्द्र कुमार शाह — रु. ५,५००
१४. अर्जुन भट्टराई — रु. २,५००
संकलित रकममध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसललाई ५१ हजार रुपैयाँ र सँगै जोडिएको ओम गंगा किसान पसललाई २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। आगलागीबाट व्यवसायमा क्षति व्यहोरेका व्यवसायीलाई कठिन परिस्थितिमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग संकलन तथा हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।
आगलागीजस्ता विपद्का घटनामा पीडितलाई राहत पुर्याउन सामाजिक संघसंस्था तथा व्यक्तिहरूले देखाएको सहयोग र सद्भावले प्रभावित परिवार तथा व्यवसायीलाई पुनः आफ्नो व्यवसाय सञ्चालन गर्न हौसला प्रदान गर्ने विश्वास गरिएको छ।

























