दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको हो । कतिपय ठाउँमा तातो हावा चलेको छ ।
तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको छ । बिहानै घाम चर्कने भएपछि बजार र ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गर्नेहरूले काम पाउन छाडेका छन् । कतिपय ठाउँमा बेलुकीपख हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको हो ।



















