२०८३ बैशाख २० गते आइतवार

आज पनि केहि ठाउँमा वर्षाको संभावना

दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा गएराती ठुलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा तुलसीपुरमा ३ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै बेलझुण्डीको मनिकापुरमा ३ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

पछिल्लो ६ घण्टामा दाङमा सबैभन्दा बढी घोराहीमा ११ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै शुक्रबारेमा ५ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ । आज पनि दाङका केहि ठाउँमा साँझपख वर्षाको संभावना रहेको छ । दिउँसो केहिबेर घाम लागेपनि गर्मीको संभावना छैन् ।

आज दाङको अधिकतम तापक्रम २९ डिग्रि सेल्सीयस आसपास पुग्ने अनुमान गरिएको छ भने न्यूनतम तापक्रम १६ डिग्री सेल्सीयस रहने अनुमान गरिएको छ । आइतबार (आज) अधिकांश समयमा मौसममा बदली देखिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी र हिमाली भागमा बादल लाग्नेछ । आज लुम्बिनी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।  मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् ।

मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको  बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस