२०८३ जेष्ठ ४ गते सोमवार

राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर–४ को प्रथम वडा भेला


तुलसीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर–४ को प्रथम वडा भेला सम्पन्न भएको छ । भेलाले बासुदेब पोख्रेलको सभापतित्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ ।

समितिको उपसभापतिमा पोषण नेपाली , सचिबमा कमल पोख्रेल, सदस्यहरूमा तारा राना, बिन्दु नेपाली , उमाकान्त रिजाल, नविना खत्री, जित बहादुर डाँगी पार्बती भुषाल चयन हुनुभएको छ ।

भेलामा अधिबेशन संयोजक निम खड्का र सद्स्य नेत्रमणी भण्डारी र नगर सभापति जीवन भण्डारी लगायत नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस अवसरमा संगठन विस्तार, जनसरोकारका विषय, आगामी राजनीतिक गतिविधि तथा वडास्तरीय संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको छ । कार्यक्रमका वक्ताहरूले जनताको मुद्दालाई प्राथमिकतामा राख्दै वडास्तरबाटै वैकल्पिक राजनीतिक अभ्यासलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवगठित सभापति बासुदेब पोख्रेलले संगठनलाई अझ सक्रिय, जनमुखी र जिम्मेवार बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस