२०८३ जेष्ठ १२ गते मङ्गलवार

रास्वपा दंगिशरण गाउँपालिकाको नयाँ कार्यसमिति चयन


दाङ । राष्ट्रिय स्वतन्त्र पाटीले पालिकास्तरिय संगठन विस्तारलाई तिब्रता दिएको छ । पाटीले मंगलबार दंगिशरणमा पालिकास्तरिय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम अधिवेशनले देव बहादुर केसीको सभापतित्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा रबिना चौधरी, सचिवमा प्रदिपनाथ योगी, सहसचिवमा मेघराज योगी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा चुडामणी योगी, साइटुराम चौधरी, टिका वली डाँगी, यमबहादुर भण्डारी, सितल खड्का चयन हुनुभएको छ ।

देवबहादुर केसीको अध्यक्षता तथा रास्वपा केन्द्रिय प्रवद्र्धन विभाग उपप्रमुख हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । प्रमुख अतिथि रिजालले अहिले रास्वपालाई इतिहास लेख्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले आउँदो निर्वाचनमा पनि वडादेखि पालिकामा जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली नागरिकले अहिले रास्वपालाई काम गर्ने प्रमुख जिम्मेवारी दिएर पठाएको बताउनुभयो । सफल हुन लागि आफूहरुले रातदिन नभनि निरन्तर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सभापति बिनय घिमिरे, क्षेत्र नम्बर ३ का सभापति बलिराम खत्री, लुम्बिनी प्रदेश सदस्य भक्त डाँगी, तुलसीपुर नगर सभापति जीवन भण्डारी, दंगिशरण–३ का सभापति आनन्द कुमार रजौरे, दंगिशरण गाउँपालिका सदस्य सितल खड्का लगायतले मन्तव्य राख्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस