२०८३ जेष्ठ १६ गते शनिवार

शारदा सिस्नेमा ‘क्वालिटी सर्कल’ चयन : स्कूल क्याप्टेनमा लक्ष्मण विजयी

तुलसीपुर । तुलसीपुर–५ स्थित शारदा सिस्ने बोर्डिङ स्कूलमा विद्यार्थीहरूको अन्तर्निहित नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले गठित ‘शारदा सिस्ने क्वालिटी सर्कल’ को नयाँ नेतृत्व निर्वाचन प्रक्रियाद्वारा चयन गरिएको छ ।

विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास र चुनावी प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्न आयोजित उक्त निर्वाचनमा विद्यालयका छात्रछात्राहरूको उत्साहजनक एवं अनुशासित सहभागिता रहेको थियो ।

विद्यालयमा कुल ३१२ मतदाता रहेकोमा ३०१ मत खसेको निर्वाचन अधिकृत जीवन डाँगीले जानकारी दिनुभयो । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार विद्यालयको मुख्य नेतृत्व स्कूल क्याप्टेन पदमा लक्ष्मण के.सी. अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, भाइस क्याप्टेनमा विजय ओली, सचिवमा सरोजा नेपाली र कोषाध्यक्षमा कृष्ण ओली निर्वाचित हुनुभएको छ । त्यस्तै, अतिरिक्त विधातर्फ विद्यालयको खेलकुद विकासका लागि स्पोट्र्स क्याप्टेनमा प्रदीप ओली र सांस्कृतिक गतिविधिको नेतृत्वका लागि कल्चरल क्याप्टेनमा रेनुका डाँगी विजयी हुनुभएको छ ।

विद्यार्थीहरूमा सानै उमेरदेखि नेतृत्व क्षमता, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको विकास गराउन यस्ता सचेतनामूलक गतिविधिहरूले निकै प्रभावकारी भूमिका खेल्ने विद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस