दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ २१ गतेदेखि २५ गतेसम्म दाङका विभिन्न स्थानमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको थियो ।
सो क्रममा अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा ओसारपसार गर्ने ३ वटा स्काभेटर (जेसीबी), २ वटा ट्रिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना गराइएको प्रहरी नायव उपरीक्षक डा. केसीले बताउनुभयो ।
जरिवाना प्रक्रिया पूरा भएपछि ती सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



















