दाङ ।
तुलसीपुरमा निर्माणधिन घरको पानी ट्यांकीमा शब फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा निर्माणाधिन घरको पानी ट्यांकीमा बुधबार बिहान शब देखिएको हो ।
शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । स्थानीय उमेश डाँगीले पानी ट्यांकीमा शब देखिएपछि प्रहरीलाई खबर गरिसकेको बताउनुभयो । उहाँका अनुसार दुई वटा शब देखिएको छ । यद्यपी पहिचान हुन बाँकी छ ।
प्रहरी पनि अहिले घटनास्थलमा पुगिसकेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले शब भेटिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको बताउनुभयो ।
शब कसको हो ? घटना कसरी भएको हो ? विस्तृत विवरण खुल्न बाँकी रहेको छ ।



















