दाङ। तुलसीपुरमा निर्माणधिन घरको पानी ट्यांकीमा शब फेला परेका एक जनाको पहिचान खुलेको छ । सल्यान घर हाल तुलसीपुर ९ दोघरे बस्ने कमल गिरीको पहिचान खुलेको हो ।
अर्को भेटिएको शब भने कमलको आफन्ती रहेको प्रहरीले जनाएको छ । उनको पहिचान हुन बाँकी रहेको छ । कमलले घरको ठेक्का लिएर निर्माण काम गर्दै आएको बुझिएको छ । अहिले शब निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा निर्माणाधिन घरको पानी ट्यांकीमा दुई जनाको शब फेला परेको हो । शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी अहिले घटनास्थल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो । घटनाको बारेमा विस्तृत विवरण खुल्न बाँकी रहेको छ ।



















