२०८३ साउन १६ गते शनिवार

घोराहीबाट ७ ग्राम बढी ब्राउन सुगरसहित १७ वर्षीय युवक पक्राउ

घोराही । दाङको घोराहीबाट लागूऔषध ब्राउन सुगरसहित एक १७ वर्षीय युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ सिजस्वर्ग टोल निवासी १७ वर्षीय निराजन पुनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले राती साढे ११ बजेतिर पुनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको शरीर तथा घरकोठा खानतलासी गर्दा ७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका पुनमाथि जिल्ला अदालत दाङबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस