२०८३ भाद्र ९ गते मङ्गलवार

प्रावि मोतिपुरमा नयाँ तथा सरुवा भई आएका शिक्षकलाई स्वागत

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थिति प्रावि मोतिपुरमा नयाँ नियुक्त तथा सरुवा भई आएका शिक्षकहरूलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

अन्यत्रबाट सरुवा भई आउनुभएका शिक्षक लिलाधर श्रेष्ठ र नवनियुक्त शिक्षक बिनिता नेपालीलाई विद्यालय परिवारले स्वागत गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटिलाल थारुको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण कुमार आचार्य तथा सरुवा भई आउनुभएका शिक्षक लिलाधर श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको हो ।

उहाँहरूले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र रचनात्मक सिकाइमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक हिमसरा बुढाले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस